|

विश्वकप अन्तर्गतनै समुह ‘ए’ को अर्को खेलमा इजिप्टले साउदी अरेविया विरुद्ध प्रतिष्पर्धा गर्दे छ। प्रतियोगितामा सुरुवाती दुई खेलमा पराजित हुँदै दुबै टिम विश्वकपको पहिलो चरणबाटै बाहिरिसकेकाले दुबैका लागि यो खेल प्रतिष्ठा जोगाउनका लागि मात्र हुनेछ।

इजिप्ट र साउदी अरेवियाबिच भएका अधिकासं भेटमा इजिप्ट विजयी भएको छ । तर १९९९ को कन्फडेरेसन कपका दौरान ५-१ ले साउदी विजयी भएको थियो । तर इजिप्टले साउदी विरुद्ध भएको पहिलो भेटमा १९६१ मा १३–० को जित निकालेको थियो । तर पछिल्लो पटक यि दुई टिमविच २००७ मा प्रतिष्पर्धा हुँदा इजिप्टले २-१ ले जितेको थियो । त्यसैले यि दुई टिमविच पहिलो जितको लागि कडा प्रतिष्पर्धा हुने  छ।

विश्वकप फुटबलका १२ खेलमा एक खेलमा पनि जित निकाल्न नसकेकाले साउदीका लागि नयाँ इतिहास बनाउने मौकाको रुपमा इजिप्ट विरुद्धको खेल रहने  छ। साउदी विश्वकपको संघार र विश्वकपका दुई खेलमा गरी पछिल्ला पाँच खेलमा जितविहिन रहेको छ। त्यसोत इजिप्टलेपनि पछिल्ला ८ खेलमा जित निकाल्न नसकेकाले साउदीलाई केहि राहत मिल्ने छ । तर उसलाई सहज भने हुने छैन् । किनकी मोहमद सलाह ठिक भएका छन् र उनी साउदी विरुद्ध फर्कने छन् । उनले इजिप्टले गरेका पछिल्ला ७ अन्तराष्ट्रिय गोलमा उनी एक्लैले पाँच गोल गरेका छन् ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.