|

काठमाडौं : सत्तारूढ दल नेकपाकी सांसद रेखा शर्माले सरकारको नीति तथा कार्यक्रम र बजेट विनियोजन विगतको भन्दा फरक नभएको बताएकी छन्।

उनले बजेट असन्तुलित भएको बताएकी छन्। सोमबार प्रतिनिधिसभामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजनमा छलफल गर्दै उनले बजेट कसैले पनि स्वीकार गर्ने र समर्थन गर्ने अवस्थामा नरहेको बताइन्। उनले बजेटले असन्तुलन ल्याएको भन्दै व्यंग गरिन्, 'एक अर्थमा सत्ता र प्रतिपक्षका सांसदहरूले विरोध गरिरहँदा सन्तुलित भयो कि भन्ने लागेको छ!'

शर्माले बजेटमा कुनै जिल्लामा अत्यधिक योजना हालेको र कुनैमा एक पनि नपरेकोमा आपत्ती जनाएकी छन्। उनले भनिन्, 'बजेटमा कुनै जिल्लाको नाम पानाभारी हुने र कुनै जिल्लाको नाम जति खोज्दा पनि नभेटिने अवस्था आएको छ।'

उनले सरकारलाई बजेटमा सुधार गर्न सुझाव दिइन्। उनले बजेटमा घोषणापत्र र नीति तथा कार्यक्रम एवं अर्थमन्त्रीले गरेको बजेट विनियोजनमा तादाम्यता हुनुपर्ने बताइन्। उनले बजेट कुन आधारमा ल्याइएको हो भन्नेबारे जवाफ दिन मन्त्रीहरूलाई आग्रह गरेकी छन्।

केही जारी योजनामा बजेट संघीय र प्रदेश कुनै पनि सरकारले विनियोजन नगरेकाले तिनलाई पूरा गर्न समस्या हुने उनको भनाइ थियो। सांसद शर्माले भनिन्, 'नीति तथा कार्यक्रमले हरेक निर्वाचन क्षेत्रका केन्द्र जोड्ने सडक कालोपत्रे गर्ने भन्ने थियो त्यो पनि आएन। हरेक स्थानीय तहमा १५ सैय्याको अस्पताल निर्माण गर्ने भन्ने नीति तथा कार्यक्रम थियो त्यो स्वाथ्य मन्त्रालयको विनियोजनमा पनि आएन र भौतिक योजना मान्त्रालयको विनियोजनमा पनि आएन।'

समृद्धिको सपनालाई बजेट विनियोजनले कति पूरा गर्न सक्ला भन्नेबारे छलफल गर्नुपर्ने भयो। बजेट सच्याएर अगाडि बढ्नुपर्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.