|

४ अंक भए पनि विश्वकप फुटबलमा अघिल्लो चरण प्रवेशका लागि डेनमार्कलाई चिन्ता कायम छ। समुह ‘सि’ मा रहेको डेनमार्कले लगातार दुर्इ जितसहित नकआउटचरण पुगिसकेको फ्रान्सलाई हराउनु पर्ने चुनौती छ । पराजित गर्न नसकेपनि बराबरी डेनमार्कका लागि अत्यावश्क छ।

आज राती हुने खेलमा उक्त समुहमा अस्ट्रेलियाको पनि सम्भावना रहेकाले डेनमार्कमाथी दबाब बढेको हो। प्रतियोगितामा फ्रान्सले अस्ट्रेलिया र पेरुलाई पराजित गर्दा डेनमार्क पेरुलाई हराएपनि अस्ट्रेलियासँग बराबरीमा रोकिएकाले आफ्नै नतिजामा नकआउट पुग्नका लागि कम्तीमा फ्रान्सलाई बराबरीमा रोक्नु पर्ने हुन्छ । फ्रान्स सँग पराजित भएमा भने डेनमार्कको भविष्य पेरु र अस्ट्रेलिया बिचमा सोहि समयमा हुने् खेलले निर्धारण गर्ने छ।

डेनमार्कले पछिल्ला १६ खेलमा अपराजित यात्रालाई जारी राखेकाले सोहि लयलाई निरन्तरता दिने विश्वासमा रहेको  छ । फ्रान्स भने जारी विश्वकपमा आफ्नो उत्कृष्ट टिमअनुसार प्रदर्शन गर्न नसकेको भएपनि संघर्षपुण जितमा भाग्यमानी सावित भएको छ । त्यसैले फ्रान्सको बास्तबिक परिक्षाका रुपमा समेत डेनमार्क विरुद्धको खेललाई लिएको छ।

यि दुई युरोपियन जाइन्टबिच यसअघि १३ पटक एक अर्का विरुद्ध प्रतिष्पर्धा भएको छ । जसमा फ्रान्सले ८ पटक जित्दा ४ पटक डेनमार्क विजयी भएको छ । एक पटक यि दुई टिमले बराबरी खेलेका छन् । पछिल्लो पटक २०१५ मा भएको मैत्रिपुर्ण खेलमा फ्रान्सले डेनमार्कलाई पराजित गरेको थियो तर विश्वकपमा भने २००२ मा यि दुई टिम एक अर्का विरुद्ध प्रतिष्पर्धा गर्दा डेनमार्कले २–० ले नतिजा आफ्नो पक्षमा पारेको थियो।

समुह सि अन्तर्गनै हुने अर्को खेलमा अस्ट्रेलियाले पेरु विरुद्ध प्रतिष्पर्धा गर्दे छ । पेरु दुबै खेलमा पराजित हुँदै बाहिरिसकेको भएपनि अस्ट्रेलियाको भने अघिल्लो चरणको आस बाँकीनै छ । प्रतियोगितामा डेनमार्कलाई बराबरीमा रोकेकाले अस्ट्रेलिया पेरुलाई हराउनै पर्ने दबामा रहने  छ। साथमा गोल अन्तरपनि राम्रो बनाउनु पर्ने चुनौती अस्ट्रेलियासँग छ । साथमा उसले डेनमार्कको हारको पनि प्रतिक्षा गर्नु पर्ने छ । त्यसैले झिनो सम्भावनामा जितका लागि अस्ट्रेलिया पेरु विरुद्ध मैदानमा उत्रने छ ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.