|

धनकुटा : धनकुटाको चौविसे गाउँपालिकाको केन्द्र राजारानीमा भइरहेको प्रदेशस्तरीय प्रथम सगरमाथा कप भलिवल प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ। मंगलवार भएको प्रदेश १ स्तरीय भलिवल खेलको फाइनलमा सुनसरीले ओखलढुंगालाई २५-१६, २५-२३, २५-२७, १९-२५ र १५-९ सेटमा पराजित गर्दै उपाधि जितेको हो।

प्रतियोगितामा विजयी सुनसरीले नगद ५० हजार रुपैयाँसहित ट्रफी हात पारेको छ भने उपविजेता ओखलढुंगाले नगद ३० हजारसहित फष्ट रनरअप ट्रफीमा चित्त बुझाएको छ। त्यस्तै तेस्रो भएको भोजपुरले नगद २० हजार रुपैया सहित सेकेण्ड रनरअप ट्रफी पाएको छ।

भोजपुरले ताप्लेजुङलाई पराजित गर्दै तेस्रो भएको थियो।प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी भोजपुरका सञ्जीव कट्टेल, वेष्ट स्पाइकर सुनसरीका विवश लिम्बु, वेष्ट सटर, भोजपुरका दमन उदास, वेष्ट डिफेन्स ओखलढुंगाका दिलीप राई, वेष्ट सर्वर ओखलढुंगाकै सञ्जय बुढाथोकी र वेष्ट व्लकर सुनसरीका सुरज चौधरी घोषित भएका थिए। नकआउट चरणमा भएको प्रतियोगितामा प्रदेश १ का ९ वटा जिल्लाका खेलाडीले सहभागिता जनाएका थिए।

प्रदेश १ को सामाजिक विकास मन्त्रालय आयोजनामा भएको सगरमाथा कप मा सहआयोजक चौविसे गाउँपालिका र व्यवस्थापक पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति र समन्वय रारा क्लव चौविसे राजारानीले गरेका थिए।

मंगलबार भएको समापन कार्यक्रममा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले  प्रदेश १४ वटै जिल्लामा प्रदेश स्तरीय र १३७ स्थानीय तहमा जिल्लास्तरीय खेल मैदान बनाउन बजेट विनियोजन गरिसकेको बताए। उनले केन्द्रबाट मात्रै बजेट आउने भएकाले यसपटक कम भएको आगामी वर्ष आफ्नै स्रोत थपेर ठूलो आकार बजेट बनाउने बताउँदै मन्त्री घिमिरेले खेलकुदलाई संरक्षण, पोत्साहन र नियमनको लागि खेलकुद ऐनको तयारी प्रदेश सरकारले गरिरहेको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.