|

काठमाडौं : एसियाली देश दक्षिण कोरियाले विश्वकपमा ऐतिहासिक जीत हासिल गर्दा सन् २०१४ को विश्वकप विजेता जर्मनी विश्वकप २०१८ को समूह चरणबाटै बाहिरिएको छ। जर्मनी समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियासँग २-० ले पराजित हुँदै बाहिरिएको हो।

नकआउट चरणमा जान जर्मनीलाई जीत आवश्यक थियो तर समूह चरणका दुवै खेलमा पराजित भएको दक्षिण कोरियाविरुद्ध उसले एक गोल पनि गर्न सकेन। 

दक्षिण कोरियाले दुवै गोल  कोरियाका इन्जुरी समयमा गरेको हो। पहिलो गोल किम युङगोनले थपिएको समयको तेस्रो मिनेटमा गरे भने दोस्रो गोल सङ हिउनमिनले थप भएको समयको छैठौँ मिनेटमा गोल गरेका थिए। 

जर्मनी सन् १९३८ पछि पहिलोपटक समूहचरणबाटै बाहिरिएको हो। 

यता सन् २००६ को विजेता इटाली सन् २१० को विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो। त्यस्तै सन् २०१० को विजेता स्पेन सन् २०१४ को समूह चरणबाटै बाहिरिएको थियो। सोही क्रमलाई पछ्याउँदै सन् २०१४ को विजेता जर्मनी २०१८ को विश्वकपबाट बाहिरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.