|

दाङ:  गत जेठ २५  भालुवाङमा अर्घाखाँची सितगंगा नगरपालिका वडा नं. ९ ठाडोखोलाकी दिलमाया पुन मगर माथी कुटपीट गर्ने दुई महिलालाई ६ महिना कैदको फैसला गरेको छ।

दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले बुधवार कुटपीटमा संलग्न राप्ती गाउँपालिका वडा नं. एक भालुवाङकी रेखा गुप्ता र अनिता गुप्तालाई २५ हजार जरिमाना सहित ६ महिना कैदको फैसला गरेका हुन्।

फैसला पछि दुवै जना गुप्तालाई तुलसीपुर स्थित कारागार चलान गरिएको प्रजिअ श्रेष्ठले बताए। कुटपीट पछि लागेको उपचार खर्च बाफतको सात हजार रुपैयाँ समेत पीडकले दिने गरी फैसला गरेको प्रजिअ श्रेष्ठले बताए। गत जेठ २६ गते सामाजिक सञ्जालमा दिलमायालाई कुटपीट गरिको भिडियो सार्वजनिक भएपछि कुटपिटमा संलग्न दुई महिलालाई २७ गते नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक रविन्द्रराज पाण्डेले बताए।

रेखा र अनिताले सार्वजनिक स्थानमै दिलमायालाई अमानवीय ढंगले कुटपिट गरेको तथा लुगा च्यातेर फालिदिएको दृष्य देखेपछि पिडकलाई खोजेर पक्राउ गरेको प्रमुख पाण्डेले बताए। पक्राउ परेका दुई जनामाथि सार्वजनिक अपराध अन्तर्गतको मुद्दा दर्ता गरिएको समेत प्रमुख पान्डेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.