सोलुखुम्बु : जीप दुर्घट्नामा मृत्यु भएका सबैको सनाखत भएको छ। शुक्रबार (आज) बिहान ८ बजे जिल्लाको नेचासल्यानबाट सल्लेरी तर्फ आउदै गरेको जिप दुघर्टना हुँदा तीन जना पुरुष र तीन जना महिलाको मृत्यु भएको प्रहरी निरिक्षक एवम् सूचना अधिकारी प्रद्युम्न कुमार अधिकारीले जानकारी दिए।
प्रहरीका अनुसार मृत्यु हुनेमा जिप चालक उदयपुर सिरिसे ८ निवासी करिब ३१ बर्षिया कुसाङ तामाङ, सिरहा सनैखा निवासी ३६ बर्षिया शिबकुमार यादव र ओखलढुंगाको माम्खा ५ बस्ने ४०
बर्षिया श्यामकुमार राईको सनाखत भएको छ। यस्तै, खोटाङ खाल्ले ८ निवासी २४ बर्षिया कोपीला बस्नेत (कार्की), सोलुखुम्बुको नेचा सल्यान २ बस्ने अन्दाजी ३५ बर्षकी उर्मीला बास्तोला, सोही ठेगाना भएकी अन्दाजी २५ बर्षकी शुशिला खड्का र करिब ८ बर्षिया सुष्मा खड्का रहेको प्रहरी निरिक्षक अधिकारीले जानकारी दिए।
बिहान नेचा सल्यानबाट सल्लेरी तर्फ आउँदै गरेको ना १ ज १८६० नम्बरको जिप सावीक तिङ्लाको वडा नम्बर १ स्थति गुप्तेश्वरमहादेवथान मन्दिर नजिकैको चिप्ले भिरमा दर्घट्ना भएको हो। जिप करिब एक किलोमिटर तल खसेको बताईएको छ।
जिपमा सवार ७ जना मध्ये ६ जनाको घट्ना स्थलमै र एक जनाको थप उपचारको लागि काठमान्डौ लैजाने तयारी गर्दा गर्दै मृत्यु भएको प्रहरी निरिक्षक प्रद्युम्न कुमार अधिकारीले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।