|

सुर्खेत : मध्यपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ संकायका विद्यार्थीले लगाएको ताला प्रशासनले फोडेको छ। प्रशासनले ताला फोडेपछि आक्रोशित विद्यार्थी तोडफोडमा उत्रिएका छन्।

आक्रोशित विद्यार्थीले विश्वविद्यालयका रजिष्ट्रार महेन्द्र मल्लको गाडी र उपकुलपतिको कार्यालयमा तोडफोड गरेका छन्। आक्रोशित विद्यार्थीलार्इ नियन्त्रणमा लिन प्रहरी परिचालन गर्दा झडपको स्थिति सृजना भएको छ। विद्यार्थी र प्रहरीबीच झडप हुँदा एक विद्यार्थी घाइते भएका छन् भने ६ जना विद्यार्थीलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ।

विद्यार्थी निकुञ्ज पाण्डे घाइते भएका हुन भने राय पुष्कर शाह, निकुञ्ज पाण्डे, निश्चल वली र कुशल खड्का, राम चन्द्र भण्डारी र निर्मल विसीलाई प्रहरीले पक्राउ गरेको हो।

वार्ता गर्ने भनेर विश्वविद्यालय प्रशासनले तयारी गरे पनि विद्यार्थीहरूले उर्छिंखल व्यवहार देखाएकाले अब वार्ता नहुने रजिष्ट्रार महेन्द्र कुमार मल्लले बताए।

इन्जिनियरिङ संकायलाई स्वायत्त बनाइनुपर्ने, हाइड्रो इन्जिनियरिङको पूर्ण पाठ्यक्रम उपलब्ध गराउनुपर्ने, गोल्डेन चान्स परीक्षाको व्यवस्था गरिनुपर्ने, सम्पूर्ण प्रयोगात्मक कक्षा पूर्णरूपमा सञ्चालन गर्नुपर्ने, १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने, लाइव्रेरीमा पर्याप्त पुस्तक उपलब्ध गराउनुका साथै छुट्टै लाइब्रेरियनको व्यवस्था गर्नुपर्ने र सम्पूर्ण विषयको विषयगत शिक्षकको उचित व्यवस्थापन गर्नुपर्ने मागसहित विद्यार्थी विगत तीन वर्षदेखि आन्दोलनमा  रहेका छन्।

इन्जिनियरिङ संकायलाई विश्वविद्यालय प्रशासनले वास्ता नगरेको, दक्ष तथा अनुभवी शिक्षकको व्यवस्थापन गर्न नसकेको र पैसा मात्रै कमाउने काम गरेको विद्यार्थीले आरोप लगाउदै आएका  छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.