|

रुकुम : रुकुम पश्चिमबमे चौरजहारी नगरपालिकामा अति गरिब नागरिकलाई कुनै पनि कर तिर्नु नपर्ने भएको छ। नगरपालिकाले कार्यालयबाट प्रदान हुने सेवा गरिब तथा विपन्न वर्गलाई  निःशुल्क  प्रदान गर्ने कार्यक्रम ल्याएको हो।

सिफारिस र पञ्जिकरणलगायतको शुल्क गरिब नागरिकले तिर्नु पर्ने छैन। ‘कसैले आफ्नो सम्पत्ति देखाउँछ भने त्यसको त कर लाग्छ,’ नगर प्रमुख विशाल शर्माले भने, ‘केही पनि नभएको नागरिकलाई करमा छुट गर्छौं’

नगरपालिकाले केही नहुने नागरिकलाई एम्बुलेन्स भाडा छुट, स्वास्थ्य बिमा निःशुल्क गरिदिने लगायतका कार्यक्रम अघि बढाएको प्रमुख शर्माको भनाइ छ। नगरपालिकाको उक्त निर्णय गरिबहरुका लागि निकै राम्रो भएको वडा नं. १० का गिठे वादीले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.