|

तुलसीपुर : खाद्य स्वच्छता र गुणस्तरमा ख्याल नगर्दा स्वास्थ्यमा गम्भीर असर हुने पाएको छ। खाद्य मिसाउटका कारण प्रत्येक १० जना व्यक्तिमध्ये एकजना बिरामी पर्ने क्षेत्रीय खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय नेपालगञ्जकी वरिष्ठ अनुसन्धान अधिकृत जोत्सना श्रेष्ठले बताइन्।

उनीले स्वस्च्छ र गुणस्तर खाद्यका लागि किसानदेखि उपभोक्ताहरूले समेत ख्याल पुर्‍याउनु पर्ने बताइन्। यसबाट बच्न स्वास्थ्य खाद्य वस्तु उत्पादन र प्रयोग गर्नुपर्ने, सावधानीका उपायहरू अपनाउनु पर्ने, व्यक्तिगत सरसफाइ र आनीवानीमा परिवर्तन गर्नुपर्ने वरिष्ठ अनुसन्धान अधिकृत श्रेष्ठको बताइन्। जसअन्तर्गत हामीहरूले खाने तरकारी, मासु, माछा, फलफूलहरू स्वच्छ नहुँदा मानिसमा तत्कालीन असरदेखि दीर्घकालीन ज्यानै लिने क्यान्सर जस्ता रोगहरू लाग्ने गरेको पाएको छ।

त्यस्तै, प्राकृतिक रूपमा विष हुने खाद्य वस्तुहरूको प्रयोगको वारेमा जानकारी नहुँदा पनि स्वास्थ्यमा गम्भीर असर परेको पाएको छ। ‘कृतिम मात्र होइन प्राकृतिक रूपमा पनि हामीहरूले खाने खाद्य वस्तुमा टकसिनहरू धेरै हुन्छन्। त्यसलाई मिलायर खानुपर्छ', वरिष्ठ अनुसन्धान अधिकृत श्रेष्ठले भनिन्। उनीले २०३० सालमा बनेको खाद्य ऐन प्रभावकारी नहुँदा लापरवाही हुने गरेको बताइन्। खाद्य स्वाच्छता र गुणस्तरीय विषयक उपभोक्ता प्रचार मेलासम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले खाद्य स्वच्छता र गुणस्तरलाई सुधार गर्ने सबैको अहम भूमिका हुने बताएका थिए।

क्षेत्रीय खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय नेपालगञ्जकी वरिष्ठ अनुसन्धान अधिकृत श्रेष्ठको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका उपमेयर माया शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै उपप्रमुख शर्माले खाद्य मिसावट गर्नेलाई कारवाही गर्ने बताइन्। उनीले खाद्य स्वच्छता र गुणस्तर कायम गर्न सबैसँग सहकाय गरेर उपमहानगरपालिका अगाडि बढने बताइन्।

कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षक दिलीपकुमार चौधरीले नियमन निकायले खाद्य स्वच्छता र गुणस्तरका वारेमा अनुगमन गर्नु पर्ने बताए। तुलसीपुर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष विमल रिजालले सबैले आफ्नो दायित्व पूरा गर्नुपर्ने भन्दै आफ्नो व्यापार व्यवसायीभन्दा पनि उपभोक्ताको हितलाई मध्यनजर गरी खाद्य सुरक्षामा ख्याल गर्नु पर्ने बताए। उनले खाद्य मिसावट गर्ने तथा उपभोक्ताको स्वास्थ्यमा खेलवाट गर्ने जोकोही व्यवसायलाई कारवाही हुनुपर्ने बताए।

कार्यक्रममा व्यवसायी चुर्णबहादुर वलीले तुलसीपुर मासु मण्डीमा फोहोर भएको तथा उपमहानगरपालिकाले खाद्य सुरक्षाको विषयमा गम्भीर नभएको बताए थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.