|

सुर्खेत : कर्णाली प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सत्ताधारी दल नेकपालाई संसदीय दलको नेता तथा प्रमुख सचेतक चयन गर्न आग्रह गरेको छ।

विपक्षी दल नेपाली काँग्रेसका संसदीय  दलका नेता जीवनबहादुर शाहीले सत्ता धारी दल नेकपाको संसदीय  दलको नेता तथा प्रमुख सचेतक चयन गर्न आग्रह गरेका हुन्।

सत्ताधारी दलको संसदीय  दल नै पूर्ण नहुँदा सिंगो प्रदेशलाई घाटा लागिरहेको भन्दै चार महिना देखी चार वटा संसदीय  समितिहरुले नेतृत्व पाउन नसकेको बताए।
शाहीले संघीय संसदमा सार्वजनिक महत्वको जरुरी प्रस्ताव मार्फत निर्माण भईरहेका योजनाहरु पुरा गरेर मात्र प्रदेश तथा स्थानीय सरकारलाई हस्तान्तरण गर्नुपर्ने प्रस्ताव प्रति असन्तुष्टी व्यक्त गरे।

‘स्थानीय र प्रदेश सरकारको कार्य क्षमता माथि संघका सांसदहरुले प्रश्न चिन्ह खडा गरेको छ’, उनले भने—‘संघिय सरकारले अझै पनि केन्द्रिकृत राज्यसत्ता सञ्चालन गर्न खोजेको देखीयो यसमा हाम्रो आपत्ती छ।’

यसैगरी सांसदहरुले प्रदेश सरकारका मन्त्रीहरुले छानी छानी योजनाहरु आ–आफ्नो क्षेत्रमा बढी पारेको भन्दै आपत्ती जनाएका छन्। प्रदेश सभाको बैठकमा विनियोजित बैठक माथिको छलफलमा भाग लिदै सांसद चन्द्रबहादुर शाहीले उद्योग, पर्यटन तथा वन मन्त्रालयले मन्त्रीहरुको जिल्ला र क्षेत्र बाहेक अन्यठाँउमा बजेट नपारेको आरोप लगाए।

त हाने जस्तै गर्नु, म रोए जस्तै गर्छु भन्ने तरीकाले सबै मन्त्रीहरुको जिल्ला र क्षेत्रलाई मात्र समेटेर बजेट आएको भन्र्दै शाहीले व्यंग्यात्मक रुपमा भने—‘मन्त्रीको भैसीलाई पानी खुवाउने कुवा भए पर्यटन ताल घोषणा गरी दिउला, छाउपडी गोठ सम्म पुग्ने बाटो भए पर्यटन मार्ग बनाईदिउला।’ मन्त्रीहरुलाई मात्र जनताले भोट हालेको रैछन भन्दै उनले भने, ‘अरु सांसदहरुलाई त रुख बिरुवाले भोट हाले जस्तो गरी बजेट पारिएको छ।’ ‘सांसदहरुलाई प्रदेश गौरवका योजनालाई मात्र प्राथमिकता दिनु भन्ने तर मुख्यमन्त्रीको कार्यलयमा डटपेन किन्ने, अर्थमन्त्रीले कर्मचारीलाई उदघोषण तालिम दिने, भौतिक मन्त्रालयमा झन झिना मसिना कार्यक्रममा पनि बजेट पार्ने।’ भन्दै आक्रोश पोखे ।

प्रतिपक्षी सांसद दिनबन्धु श्रेष्ठले सरकारले अस्पष्ट रुपमा बजेट ल्याएको भन्दै मन्त्रीका नियत माथी नै शंका उत्पन्न हुने किसीमले बजेट छुट्टाएको बताए। सांसद गणेश सिंहले रातो किताब चाकडीमुखी, सरकारमुखी, सांसदहरु सरकारका नोकर भए जस्तो गरी अर्कमण्यताको दस्ताबेज, झारो टार्ने तरिकाको भएको प्रतिकृया दिए। बजेट सबै पक्षलाई समेटेर नल्याएको आरोप लगाउदै सांसद सिंहले सरकारमा के छलफल हुन्छ, के बजेट ल्याएको हो, कति पनि चित्त बुझेको छैन्  भन्दै आक्रोश पोखे।

यस्तै सांसदहरु अम्मरबहादुर थापा, कुर्मराज शाही, धर्मराज  रेग्मी र पदमबहादुर रोकायले बजेट समावेशी नभएको बताए। विनियोजन विद्येयक माथिको छलफल आईतबार पनि जारी हुने छ। प्रदेश सभाको अर्को बैठक आईतबार एक बजे बस्ने छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.