|

चितवन  ः पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा आइतबार बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टिँदा त्यसमा सवार १५ जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भैरहवाबाट भरतपुर हुँदै वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ५११८ नम्बरको बस बिहान ६ः४५ बजे सडक छेउमा पल्टिएको हो। 

दुर्घटनापछि घाइतेमध्ये सात जनाको पुरानो मेडिकल कलेजमा उपचार थालिएको छ। जसमध्ये एकको अवस्था गम्भीर रहेको छ। अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

नारायणीमा डुबेर युवतीको मृत्यु 

भरतपुर महानगरपालिका–१ देवघाटमा पौडी खेल्ने क्रममा नदीमा डुबेर एक युवतीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार काठमाडौँ बुढानिलकण्ठ निवासी २७ वर्षीया संगीता भण्डारीको शनिबार साँझ ६ः४० बजे देवघाटको नारायणीतर्फ डुबेर मृत्यु भएको हो।  नदीमा डुबेपछि उद्धार गरी भरतपुर अस्पतालतर्फ ल्याउँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.