|

रामेछाप : मन्थली नगरपालिका–६ को नबुघाटस्थित पञ्चकन्या आधारभूत विद्यालयमा कक्षा, शिक्षक र विद्यार्थी संख्या बराबर छ। ३ कक्षासम्म पढाइ हुने यो विद्यालयमा शिक्षक र विद्यार्थी पनि तीन तीन जना नै छन्।

‘पढाउँदा रमाइलो हुन्छ’, प्रधानाध्यापक सुन्दर बस्नेतले भने,‘कक्षा कोठामा पस्दा एक शिक्षक र एकै विद्यार्थी हुन्छन्। कहिलेकाँही त एकै ठाउँमा राखे पढाउछौँ।' कान्तिपुर दैनिकका अनुसार विद्यार्थी धेरै हुँदा ३४ ३५ जनासम्म पुगेको तथ्यांक छ। यसरी विद्यार्थी घटेको यो पहिलोपटक हो। नबुघाटमा माझी समुदायको बसोबास छ यहाँ २८ घरपरिवार  माझी बस्दै आएका छन्।

शिक्षिका सुधा माझीले भनिन्, ‘पोहोर सात जना थिए अहिले घटेर तीन जना भए। अर्को साल त घटेर एकजना पनि भर्ना हुने अवस्था छैन। गाउँमा विद्यालय आउने उमेरका बच्चा नै छैनन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.