|

काठमाडौं : मनसुन सक्रिय भएसँगै सोमबार देशभर पानी परिरहेको छ। पानी परेसँगै कामको मौसम पनि सुरु भएको छ। रोपाइको सिजन चलेको छ। वर्षासँग जोडिएको त्रास पनि बढेको छ। हिमालमा हिउँ पर्ने डर छ। पहाडमा बाढी पहिरोको त्रास छ, तराईमा डुबानको डर छ।

काठमाडौं उपत्याकामा भने जताततै हिलोको समस्या सुरु भएको छ। यात्रुहरुले हिँडडुल गर्दा सास्ती खेपिरहेका छन्। पानी परेर समस्या परिरहेको भए पनि सडकमा केही यस्ता व्यक्तिहरू देखिन्छन् उनीहरूले वर्षातलाई ‘इन्जोए’ गरिरहेका छन्। पानी परेसँगै सडकमा भिज्दै सेल्फी खिच्नेहरूले पानीमा रमाइलो गरेको देखिन्छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.