|

रुकुम : प्रहरीले चार नाल भरुवा बन्दुकसहित सल्यानबाट आइतबार साँझ तीन जनालाई पक्राउ गरेको छ। सल्यान जिल्लाको कुमाख गाउँपालिका–३, चिनाली बजारका विभिन्न घर तलासी गर्दा भरुवा बन्दुकसहित उनीहरु पक्राउ परेको सल्यान प्रहरीले जानकारी दिएको छ । 

कुमाख गाउँपालिका–३ का छविलाल चलाउने, मानबहादुर राना र शेरबहादुर पुनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भरत विकले जानकारी दिए। उनीहरूको साथबाट प्रहरीले एक नाल ब्यारेल, फलामका छर्रा, बारुद र केप पनि नियन्त्रणमा लिएको उनले बताए। 

जिल्ला प्रहरी कार्यालय, सल्यानमा बन्दुक भएको सूचना आएपछि प्रहरी निरीक्षक भानु शर्माको नेतृत्वमा प्रहरी टोली खोजतलास गर्न गएको थियो । पक्राउ परेकालाई हातहतियार खरखजानाअन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विकले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.