|

सल्यान : तरकारी बोकेको पिकअप गाडी सल्यानमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। जिल्लाको कपुरकोट गाउँपालिका वडा ३ चोरखोलामा तुलसीपुरबाट कपुरकोट आउदै गरेको ना ५ ख ७६४५ तरकारी बोकेको पिकअप दुर्घटना भएको हो।

दुर्घटनामा परी सल्यान जिल्ला बागचौर नगरपालिका–८ कोटमौला निवासी अन्दाजी ३५ को गोरख डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ। सोमबार राति ९ः५० मा चोरखोलाको मोडमा दुर्घटना हुँदा गाडी करिब एक सय मिटर तल खसेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.