स्थानीय भन्छन्, जहाज नअाउने विमानस्थलमा गाईबस्तु नचराएर के गर्नु!

|

दाङ : जिल्लाको पुरानो र एक मात्र विमानस्थल पटक–पटक सञ्चालन हुने र बन्द हुने गरेको छ। पछिल्लो समय पनि केही महिनायता विमान सेवा बन्द छ। २०११ सालमा बनेको टरिगाउँ विमानस्थलमा जहाज  आउने भएपछि स्थानीय बासिन्दाले यो क्षेत्रलाई गौचरणका रूपमा प्रयोग गर्दै आएका छन्।

पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाले ६ महिनासम्म समिट एयरको जहाज हप्तामा दुईपटक उडान भर्न सम्झौता गरी सेवा सुुरु गरेको थियो। तर भाडा ६ हजार ७०० बाट बढाई नाै हजार पुर्‍याएपछि यात्रुहरुको संख्या घट्यो। सेवा फेरि बन्द भयो। विमानस्थलको ७५० मिटर धावनमार्ग कालोपत्रे समेत भएको छ।

जहाज नआउने एयरपोर्टको के काम भन्दै यहाँका सर्वसाधारणले मैदानमा गाई बाख्रा चराउने गरेका छन्। 'विमान आउँदैन', स्थानीय कमल चौधरीले भने, 'घाँसे मैदानमा गाईबस्तु नचराएर के गर्नु?' विमानस्थलमा ठाउँ ठाउँमा लगाएको तारबार पुरानो भएको र चुँडिएका कारण पनि गाई ,बाख्राहरु विमानस्थलमा सजिलै चर्न पाएका छन्। 

तस्वीरहरू– विकास डाँगी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.