|

असार : यहाँको गण्डकी गाउँपालिका ८ वडामा माझी उत्थान कार्यक्रमको पैसा भोज खुवाएर सिध्याइएको खुलासा भएको छ। वडा अध्यक्ष रामप्रसाद रेग्मीले माझी उत्थान कार्यक्रम भन्दै माझीहरूलाई भेला गरेर भोज खुवाएर रकम सिध्याएका हुन्।

माथी उत्थान समितिका अध्यक्ष रमेश माझी र वडा अध्यक्ष रेग्मीले माझी उत्थान कार्यक्रमको बजेटले सुंगुर काटेर भोज खुवाएको र उक्त भोजको बीलभरपाई गाउँपालिकामा बुझाएको गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाले बताए। 

‘माझी उत्थान कार्यक्रम भन्नेर भोज खुवाएर त भएननी’ गाउँपालिकाका अध्यक्ष रानाले भने ‘सुंगुर बुंगुर काटेर भोज खुवाएर माझीको उत्थान त हुँदैन । वडाअध्यक्षले ५५ हजार रुपैँया बराबरको बीलभरपाईको रकम भुक्तानी दिनुहोला भनेर सिफारिस गर्नु भएको थियो।’ सुंगुर, चामल, नुन, तेल लगायतका खाद्यवस्तुहरूको बील भरपाई बनाई सोही बीलको साथमा वडा कार्यालयले बील भुक्तानीको लागि सिफारिस गरेको थियो।

गाउँपालिका प्रमुख रानाले सीमान्तकृत माझी वस्तिको लक्षित कार्यक्रमभन्दा बाहिर गएर काम गरेको भन्दै सिफारिस नै फिर्ता पठाएको जनाएका छन्। ‘लक्षित कार्यक्रम भन्ने मासु चामलको बील आएको छ’ उनले भने ‘उनीहरूको उत्थान भनेको भोज खुवाएर हुन्छ?’

गाउँपालिकाले वडाको सिफरिस नै फिर्ता गरेपछि वडाले माझी उत्थान समितिलाई अर्कै कार्यक्रमको बील बनाउन लगाएर पेस गर्न लगाएको छ। ‘पहिलेको त्यस्तै भयो, फिर्ता गयो’ वडा अध्यक्ष रेग्मीले भने ‘नयाँ कार्यक्रम माझीहरूको लागि प्रशिक्षण कार्यक्रमको बीलल भरपाई आउँछ।’ माझी परिवारहरूलाई प्रशिक्षण कार्यक्रम गरे नगरेको बारे गाउँपालिकालाई समेत पत्तो छैन।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.