|

काठमाडौं : साहित्यकार द्वय रामकुमार पाँडे र प्रकाश पौडेल ‘माइला’को संयुक्त हाइकुसङ्ग्रह ‘हजार हाइकु’ पुस्तक सार्वजनिक भएको छ। काठमाडौंको सि.डब्लु. रेष्टरेन्टमा एक कार्यक्रमबीच उक्त पुस्तक विमोचन गरिएको हो।

उक्त हाइकु संग्रहलाई वरिष्ठ गीतकार रत्नशमशेर थापा, प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल, दामोदर पुडासैनी र महेश पौडेल सार्वजनिक गरेका हुन्।

उक्त हाइकु संग्रह ‘हजार हाइकु’ हाइकु मात्र नभई हाइकुको इतिहास र संरचनाको जानकारी समेत भएको कुरा बताए। समिक्षक दामोदर पुडासैनीले उक्त हाइकु सङ्ग्रह हाइकु प्रेमी तथा लेख्न र सिक्न चाहनेहरूको लागि पनि विशेष पढ्नै पर्ने पुस्तक भएको बताए।

त्यस्तै अर्का वरिष्ठ समिक्षक प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले दूई लेखकहरू हाइकुको राम्रो संरचना र मर्म बुझेका लेखक भएको र यो कृति आफैँमा उत्कृष्ट र राम्रो संकलन भएको बताए।

कार्यक्रममा बोल्दै गीतकार रत्नसमशेर थापाले यो कृति नेपाली साहित्यको बजारमा हाइकु विधामा एक सशक्त र बलियो कोशेढुङ्गा सावित भएको बताए।

हाइकुको इतिहास, हाइकु संरचना र संयोजनका आधार सहित उत्कृष्ट हजार ओटा हाइकु सङ्ग्रहीत २६२ पेज रहेको यस पुस्तक ‘हजार हाइकु’ शिखा बुक्स बाट प्रकाशित र ज्ञानज्योति बुक्स पब्लिकेसनद्वारा वितरित गरिएको छ भने यसको मूल्य ३२५ रुपैयाँ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.