डोटी : डोटी जिल्लामा क्रियाशील रहेर संचार क्षेत्रमा योग्दान पुर्याएको भन्दै थाहाखबर डटकमका डोटी समाचारदाता कर्ण चन्दलाई जिल्ला युवा समितिको कार्यालयले सम्मानित गरेको छ।
जिल्ला युवा समितिले विभिन्न क्षेत्रका विशिष्ठ योग्दान पुर्याएका व्यक्तिलाई प्रत्येक वर्ष सम्मानित गर्दै आएको छ। पत्रकार चन्दसहित नाट्य क्षेत्रतर्फ राजु घले र खेलकुदतर्फ दिनेश केसीलाई पनि कार्यालयले सम्मान प्रदान गरेको छ।
जिल्ला युवा समितिले जिल्लास्तरीय युवा प्रतिभा तथा उद्यमीको खोजी र उनीहरूको कार्यमा प्रोत्साहन गर्नका लागि युवालाई प्रत्येक वर्ष सम्मान गर्दै आएको जिल्ला युवा समितिका अध्यक्ष बमबहादुर बमले बताए। युवाहरू विदेश पलायन भएको अवस्थामा देशभित्र केही गरिरहेका युुवालाई सम्मान गर्ने अत्यन्त राम्रो कार्यक्रम रहेको जिल्ला समन्वय समितिका प्रमुख रामबहादुर ऐरले बताए।
सामुदायिक रेडियो प्रसारक संघ नेपालका ७ नम्बर प्रदेश सचिवसमेत रहेका चन्द त्रिवेणी एफएम डोटीका स्टेसन म्यानेजरसमेत हुन्। जिल्ला युवा समितिले विभिन्न क्षेत्रमा योग्दान पुर्याएका व्यक्तिका लागि सार्वजनिक सूचना आह्वान गरेर छनोट गरेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।