|

नवलपरासी : नवलपरासीको कावासोती नगरपालिकामा गर्भवती रहेका र सुत्केरी भएका आमा गरी तीन सयजना आमालाई कुखुराको वितरण गरिएको छ। कावासोती नगरपालिकामा सञ्चालित सुनौलो हजार दिन कार्यक्रमअन्तर्ग कुखुरा वितरण गरिएको हो।

कावासोती नगरपालिकामा तीन सयजना सुनौला हजार दिनका आमाहरूका लागि एक जोडीका दरले कुखुरा वितरण गरिएको गरिएको बहुक्षेत्रीय पोषण कार्यक्रम कावासोतीका फोकल पर्सन राजेन्द्र प्रसाद सापाकोटाले बताए।

सापकोटाले पशु सेवाअन्तर्गत कुखुरा वितरण गरिएको र शिक्षा शाखाअन्तर्गत विद्यालय, विद्यालयमा गएर सरसफाई र सन्तुलित तथा पौष्टिक आहारको बारेमा जानकारी गराइएको बताए। त्यस्तै कृषि शाखाअन्तर्गत बिउविजन वितरण गर्ने काम पनि भएको उनको भनाइ छ।

कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीले कुपोषणको जोखिममा रहेका बालवालिकालाई अण्डा खुवाउनु पोषणको एउटा तत्त्वमात्र भएको भए पनि योसँगै अन्य पोषण युक्त खानेकुरामा पनि ध्यान दिन सकुन भन्ने उद्देश्यले कुखुरा वितरण गरिएको बताए। कावासोती नगरपालिकामा चालु आर्थिक वर्षमा बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत स्वास्थ्य मन्त्रालयबाट  १५ लाख ४६ हजार रुपैयाँ विनियोज भएको थियो भने आगामी आर्थिक वर्षका लागि करिव १७ लाख ७० हजार बजेट विनियोजन भएको छ।

पूर्वी नवलपरासी र पश्चिम नवलपरासीका १५ वटै स्थानीय तहमा अहिले बच्चामा हुन सक्ने कुपोषण रोक्नका लागि सुनौली हजार दिन कार्यक्रम सञ्चालत गरिएको छ। बच्चा आमाको गर्भमा रहेको दिनदेखि १ हजार दिन अर्थात जन्मिएको २ वर्षसम्ममा बच्चाको ८० प्रतिशत मस्तिष्कको विकास भइसक्ने भएकोले सुनौली हजार दिनअन्तर्गतका स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको हो। यो खास गरेर बच्चामा कुनै पनि किसिमको कुपोषण देखा नपरोस् भनेर सञ्चालन गरिएको बहुक्षेत्रीय पोषण कार्यक्रम हो।

नवलपरासीमा ४२४ जनाभन्दा बढी बालबालिका कडा शीघ्र कुपोषण भएका बालबालिका भेटिएका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीको तथ्यांकअनुसार नवलपरासीमा ३२ हजार बालबालिकामा गरिएको परीक्षणमा ४२४ जना यस्ता बालबालिका भेटिएका हुन्। पूर्वी र पश्चिम नवलपरासी गरी दुई जिल्लामा ६ महिनामाथिका पाँच वर्षमुनीका करिब ६४ हजार बालबालिका रहेको तथ्यांक छ। ती मध्ये दुर्इ हजार ६०० भन्दा बढी बालबालिकामा कडा शीघ्र कुपोषण रहेको अनुमान गरिएको छ। मृत्यु भएका बालबालिकाहरू मध्ये ५२ प्रतिशत बालबालिका कुपोषणकै कारण अन्य रोग लागेर मृत्यु हुने गरेको पाइएको छ। प्रति एक हजार बालबालिकामध्ये कुपोषणकै कारण जन्मिएको २८ दिनभित्र २१ जना, एक वर्षभित्र ११ जना र पाँच वर्षभित्र सातजना बालबालिकाले ज्यान गुमाउने गरेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका छवि गिरीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.