|

कपिलवस्तु : प्रतिवन्धित लागु औषधसहित कपिलवस्तुमा एक शिक्षक पक्राउ परेका छन्। हाल रुपन्देहीको नवप्रभात बोर्डिङ स्कूल सालझण्डीमा शिक्षण गर्दै आएका कपिलवस्तु बुद्धभूमि नगरपलिका वस्ने वर्ष २५ का अनुश कोइरालालाई लागु औषधसहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक रवी रावलले जानकारी दिए।

कोइरालालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नेपालमा प्रतिबन्धित लागु औषध भारतको खुनुवाबाट खरिद गरी ल्याउँदै गरेको अवस्थामा सीमा प्रहरीचौकी मर्यादपुरले यशोधरा गाउँपालिकाबाट कोइरालालाई पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले नाइट्रेजेपाम ७, स्पास्मो ६ थान फेला पारेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.