|
फोटो : अस्मिता भण्डारीको फेसबुकबाट

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिन पारेर विश्व हिन्दू महासंघकी महासचिव अस्मिता भण्डारीद्वारा सम्पादित 'राजनीतिको चक्रव्यूहमा राजसंस्था' नामक पुस्तक सार्वजनिक भएको छ। पूर्वराजा शाहको ७२औँ जन्मदिनको अवसरमा शनिबार नेपालगन्जमा गरिएको एक कार्यक्रममा उक्त पुस्तकको लोकार्पण पूर्वराजा शाह स्वयंले गरेका हुन्।

उक्त पुस्तकमा नेपालको इतिहासका विभिन्न पक्ष, राजनीतिको विकृतिले राजसंस्थामा परेको प्रभावबारे गहन लेखहरू समावेश गरिएको छ। पूर्वराजाले पुस्तकमा भएका सामाग्रीहरुको प्रशंसा गर्नुका साथै सफलताको शुभकामना दिएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.