|

काठमाडौं : आईसीसी महिला विश्वकप क्रिकेटको एशियाली छनोट खेल आइतबारदेखि हङकङ्गमा सुरु हुँदैछ। 

नेपाली टोलीले आफ्नो पहिलो खेल आइतबार घरेलु टोली हङ्गकङ्गविरुद्व खेल्नेछ। खेल नेपाली समय अनुसार दिउँसो पौने १२ बजेदेखि सुरु हुनेछ। दुई वर्षपछि पहिलो अन्तराष्ट्रिय खेल खेल्ने अवसर पाएको नेपाली राष्ट्रिय क्रिकेट टोली रुबिना क्षेत्रीको कप्तानीमा मैदान ओर्लिनेछ। 

टस जितेको खण्डमा पहिले ब्याटिङ्ग गर्ने नेपाली महिला टोलीका प्रशिक्षक राजु वस्न्यातले बताए। १५ तारिखसम्म हुने छनोट प्रतियोगितामा नेपालसहित हङकङ, चीन र थाइल्यान्ड गरी ४ राष्ट्रले डबल राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन्। त्यसमा शीर्ष स्थान हात पार्ने टोलीले ‘ग्लोबल क्वालिफायर’ मा खेल्ने अवसरमा पाउनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.