|

उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले अमेरिकाले एक पक्षीय र जबर्जस्ती रूपमा परमाणु अस्त्र निश्शस्त्रीकरणको माग अघि सारेको आरोप लगाएका छन्।
एक उत्तर कोरियाली सरकारी प्रवक्ताले त्यहाँको सरकारी सञ्चार माध्यमलाई अमेरिकाको रबैया खेदजनक भएको टिप्पणी गरेका छन्।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आफ्नो दुई दिने उत्तर कोरिया भ्रमण एकदमै फलदायी भएको बताएलगत्तै उत्तर कोरियाको पछिल्लो धारणा सार्वजनिक भएको हो।

प्योङयाङ छोड्नु अघि बोल्दै पोम्पेओले सबै विषयमा प्रगति भएको बताएका थिए। ‘हामीले घण्टौँसम्म निकै फलदायी कुराकानीहरू गर्यौँ। विषयहरू जटिल थिए। तर हामीले प्रगति गरेका छौँ। कुनै विषयमा धेरै प्रगति भएको छ भने कुनैमा कम प्रगति भएको छ,’ उनले भने।

गत महिना राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ उन बीच शिखर वार्ता भएपछि पोम्पेओले उत्तर कोरिया भ्रमण गरेका हुन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.