|

२० वर्षअघि सन् १९९८ को विश्वकपमा क्रोयसियाले जर्मनीलाई ३–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो। त्यसपछि क्रोयसिया सन् २००२ र २००६ मा  ग्रुप स्टेजबाटै बाहिरियो।

सन् २०१० मा भने छनोटमा नै परेन। सन् २०१४ को भने क्रोयसिया १९ औं स्थानमा रहँदै विश्वकपबाट बाहिरिएको थियो। सन् १९९८ को विश्व विजेता फ्रान्ससँग सेमिफाइनमा २–१ गोल अन्तरले पराजित हुँदै फाइनल दौडबाट बाहिरिएको थियो।

 

यद्यपि, उसले तेस्रो स्थानका लागि भएको खेलमा नेदरल्याण्डलाई २–१ गोल अन्तरले हराएर तेस्रो भएको थियो। त्यसपछि विश्वकपमा राम्रो प्रदर्शन गर्न नसकेको क्रोयसियाले यस पटकको विश्वकपमा भने आयोजक रसियालाई टाइब्रेकरमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ।

फाइनल प्रवेशका लागि फिफा वरियताको २० औं स्थानमा रहेको क्रोयसियाले वरियताको १२ औं स्थानमा रहेको इंग्ल्याण्ड प्रतिस्पर्धी पाएको छ। विश्वकपको क्वाटरफाइनलको खेल हेर्न क्रोयसियाली राष्ट्रपति कोलिन्दा ग्रावर किट्रोभिक खेल हेर्न रसियाको सोची रंगशालामा पुगेकी थिइन्।

उनले  क्रोयसिया र रसियाको पूरा खेल मात्र हेरिनन्। खेलमा आफ्नो टिमलाई हौसला दिन खेल अवधिभर नाचिन पनि। प्रत्येक गोलमा उनको डान्स देखिन्थ्यो। रसियालाई पेनाल्टीमा ४–३ गोल अन्तरले हराएको क्रोयसियाका खेलाडीहरुको ड्रेसिङ रुपमा पुगेर खुसी साटासाट गरिन्। त्यसपछि भएको पार्टीमा समेत राष्ट्रपति खुब नाचिन्। त्यो भिडियो उनको आघिकारिक सामाजिक सञ्जाल फेसबुकमा राखिएको छ। क्रोयसियाले अब फाइनल प्रवेशका लागि असार २७ गते इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.