|

सल्यान : जिल्लाको एक विद्यालयले विद्यालयमा अनुस्थित हुने विद्यार्थीलाई जरीवानास्वरुप रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरेको छ। जिल्लाको शिद्ध कुमाख गाउँपालिका दुई फुलबारी भडारेमा रहेको सिद्ध माध्यमिक विद्यालयले विद्यालयमा अनुस्थित हुने विद्यार्थीलाई जरीवानास्वरुप रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरेको हो।

विद्यालयमा विद्यार्थीहरू नियमित रुपमा आउन र पठनपाठन प्रभावकारी होस् भन्ने उद्देश्यले यस्तो गरिएको विद्यालयले जनाएको छ। विदा बस्नु परेको निवेदन लेख्नु पर्ने विदा नलेखेर विद्यालयमा नआएमा कारवाही स्वरुप एक दिनको पाँच रुपैया तिर्नुपर्ने व्यवस्था गरिएको विदालयका प्रधानाध्यापक गोविन्द चलाउनेले बताए।उनले भने, 'विद्यार्थीहरू घरबाट विद्यालय जान्छौं भनेर आउने। तर विद्यालयमै नआई बाटोमै बस्ने, पढाई कमजोर हुन थालेपछि शिक्षक, विद्यार्थी र अभिभावको छलफलबाट यस्तो निर्णय गरिएको हो।' यस्तो निर्णय भएदेखि विद्यार्थीहरू नियमित विद्यालयमा आउने गरेको र अभिभावकहरूले समेत आफ्ना छोराछोरी विद्यालयमा आए नआएको सोध्ने गरेको उनले बताए। 

कारवाहीस्वरुप संकलन भएको रकम जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गर्ने गरेको र बाँकी रकमले प्रत्येक कक्षा कोठामा फिल्टर जडान गर्ने गरेको उनको भनाई रहेको छ। अहिले विद्यालयमा अनुपस्थित भएमा प्रतिदिनको पाँच रुपैयाँ तिर्ने गरेको कक्षा नाैमा अध्ययनरत विद्यार्थी हेमराज चलाउनेले बताए। उनले भने, 'घरमा अतिआवश्यक काम परेको खण्डमा विद्यालयमाउपस्थित नहुने बारेमा निवेदन दिनुपर्ने पर्छ। यदि विद्यालयमाजानकारी नगराएर कुनै विद्यार्थी विद्यालयमा आएन भने उस्ले प्रति दिनको ५ रुपैयाँका दरले तिर्नुपर्छ।’

विद्यालयमा २०० बढी विद्यार्थी ले अध्ययन गर्दै आएका छन्। अहिले विद्यार्थी -शिक्षक विद्यालयमा नियमित रूपमा आउने र पठनपाठन पनि प्रभावकारी बन्दै गएको विद्यालय स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.