|

वीरगन्ज : नेपाली युवालाई अवैध लागु औषध बेचेर आफू आर्थिक लाभ लिने उद्देश्यले ६०० थान एम्पुल लागु औषधसहित नेपाल छिरेका एक भारतीय नागरिक प्रहरीको फन्दामा परेका छन्। भारतको रक्सौलदेखि नेपालको वीरगन्जतर्फ आउँदै गरेको अवस्थामा वीरगन्ज भंसार नाकानजिक इनर्वाबाट उक्त परिणामको अवैध लागु औषधसहित अभियुक्त प्रहरीको फन्दामा परेका हुन्। 

अभियुक्त भारतको मोतिहारी जिल्ला उत्तर ढेकानन्दपुर-५ बस्ने रामेश्वरप्रसाद कुशवाहाका २५ वर्षीय छोरा उपेन्द्रप्रसाद कुशवाहा रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो। उनको साथबाट बरामद भएको डाइजेल्याब २०० थान, नुफिन २०० थान र फेनारगन २०० थानसहित अभियुक्त कुशवाहालाई पनि पर्सा प्रहरीले एकसाथ सार्वजनिक गरेको छ।   

ना.२  ह. २१२० नम्बरको टिभीएस अटोरिक्सामा बसेर कालो रंगको ‘स्कूले व्याग जस्तो झोँलामा सो अवैध लागु औषध हाली नेपाल आइरहेको अवस्थामा इनर्वा प्रहरी चौकीका प्रहरीहरूले चेकजाँचका क्रममा नियन्त्रणमा लिएर जिल्ला पठाएको पर्साका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए।

प्रहरीले अवैध लागु औषधसहित नियन्त्रणमा लिएका कुशवाहालाई लागु औषध मुद्दाअन्तर्गत थप अनुसन्धान गरी कारवाही अगाडि बढाइने उनले बताए। तयारी अवस्थाको त्यत्रो परिणामको लागु औषध लिएर नेपाल छिरेका कुशवाहाले आफ्नो प्रयोजनको लागि ल्याएको हुने नसक्ने प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक थापाको तर्क छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.