|

सुर्खेत : मध्यपश्चिम विश्वविद्यालयमा विद्यार्थीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। विद्यार्थी र विश्वविद्यालय प्रशासनबीच भएको वार्तामा १७ बुँदे सहमति भएसँगै विद्यार्थीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन्।

सहमतिसँगै विद्यार्थीले अनशन पनि तोडेका छन्। १७ बुँदे सहमतिमा विश्वविद्यालयका समस्या समाधानका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने सहमती भएको छ। हाइड्रोपावर इन्जिनिरिङको चालु सेमिस्टारको पूर्णपाठ्यक्रम तयार गरी सत्रान्त परीक्षा अगाडि अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने, इन्जिनिरिङका ल्यावका सबै उपलब्ध प्रविधिहरूको प्रयोग गरी प्रयोगात्मक विधिमा पढाइका लागि तीन महिनाभित्र व्यावस्थापन गर्ने, सहमति भएको क्याम्पस प्रमुख सोनालाल यादवले जनाए।

पुस्तकालयमा हाल उपलब्ध पुस्तकको तथ्यांक संकलन गरी तुरुन्त थप आवश्यक पुस्तकहरूको व्यवस्थापन गर्ने, विषयगत शिक्षकहरूको व्यवस्थापन गरी समय तालिकाका आधारमा नियमित पढाइ गर्ने, पिछडिएको क्षेत्र, उत्पीडित, दलित महिला जनजाति तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्न संकायका डिनको संयोजकत्वमा क्याम्पस प्रमुख र उपकुलपतिले तोकेको सदस्य रहने गरी तीन सदस्सीय अध्ययन टोली गठन गर्ने सहमति भएको छ।

यस्तै इन्जिनिरिङ संकायको पठन पाठनलाई व्यवस्थापन गर्न भाडामा लिएर भए पनि छुट्टै भवनमा पढाइ सुरु गर्ने, डिनको संयोजकत्वमा पढाइलाई व्यवस्थित प्रणालीबाट अध्यापन गराउन तीन सदस्य सम्भाव्यता अध्ययन टोली गठन गर्ने, इन्जिनिरिङ संकाय अन्तर गत बिई सिभिलतर्फका १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि कार्यकारी परिषदमा सिफारिस गर्ने तथा गोल्डेन चान्स परीक्षाको बारेमा अध्ययन गर्न डिन गोविन्दप्रसाद लामिछानेलाई जिम्मा दिने सहमती भएको छ।

विश्वविद्यालयको सम्पूर्ण आम्दानी विश्वविद्यालयकै  हितमा खर्च गर्ने तथा भएका सहमतिलाई तोकिएको समयभित्र नै कार्यन्वयन गर्ने निर्णय सहमति भएको छ।

यस्तै, मध्यपश्चिममाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका विद्यार्थी निर्मल विसीले विगतमा पनि यस किसिमका सहमति भएको भन्दै सहमती कार्यन्वयन हुनेमा आशंका रहेको बताए। उनले ढिलै भए पनि विश्वविद्यालय प्रशासनले माग सम्वोधन गरेको भन्दै प्रशासनलार्इ धन्यवाद व्यक्त गरे।

सहमतिपछि अनशनरत विद्यार्थीलाई स्थानीय देउती नरसिंङ अस्पतालमा उपचारका लागि राखिएको छ। आइसीयुमा उपचार भइरहेका मध्ये अनशनरत विद्यार्थी मिलन विसीलाई सोमबार डिस्चार्ज गरिने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.