|

इलाम :  जिल्लाको माङसेबुङ गाउँपालिकामा ट्रयाक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ। आइतबार साँझ माङसेबुङ गाउँपालिकाबाट दमकतर्फ जाँदै गरेको ना ६ त ४०२३ नम्बरको ट्रयाक्टरको ठक्करबाट पैदलयात्री स्थानीय शरण राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते राईलाई उपचारको लागि दमकतर्फ लाँदै गर्दा बाटैमा मृत्यु भएको इलामका प्रहरी प्रमुख प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.