|
फाइल फाेटाे

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली समयमा नआएपछि राष्ट्रियसभा बैठक २० मिनेटका लागि स्थगित भएको छ। 

राष्ट्रियसभामा ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति र उपराष्ट्रपति एवं योजना आयोगको सचिवायलय लगायतलाई विनियोजनमाथि प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यसूची तय गरिएको थियो। 

प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण नै सोमबार बिहान साढे ४ बजे हुने भनिएको सम्बोधन दिउँसो १ बजेका लागि सारिएको थियो। उक्त समयमा पनि प्रधानमन्त्री आउन नभ्याउने भएपछि जवाफ दिने समय ४ बजेका लागि सारिएको थियो। प्रधानमन्त्री ४ बजे पनि नआएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २० मिनेटका लागि राष्ट्रियसभाको बैठक स्थगित गरेका छन्।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.