|

रसिया विश्वकप चलिरहँदा पर्यटकहरूको ध्यान विश्वकपको खेलमा मात्र छैन। विश्वकपको मनोरञ्जनसँगै दर्शक तथा पर्यटकहरूको ध्यान तान्ने अनेकन संरचना रसियामा पर्याप्त छन्।

तीमध्येकै एक समारास्थित रसियन नेता जोसेफ स्टालिनको गोप्य बंकर देखेर पर्यटकहरू छक्का परेका छन्। समारा रंगशालामा खेल हेर्न जाने दर्शकहरूले स्टालिनको बंकर अवलोकन गरेको एजेन्सीहरूले जनाएका छन्। ल्याटिन अमेरिकनहरू प्रत्येक दिनजसो बंकर अवलोकन गरी फर्कने गरेका छन्। यो बंकर १२० फिट गहिरो छ। सन् १९४२ मा दोस्रो विश्वयुद्ताका यो बंकर निर्माण गरिएको थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.