स्वास्थ्य

केसीको समर्थनमा चिकित्सक संघले अस्पतालअगाडि एक घण्टा धर्ना दिने
SHARES

असार २६, २०७५

    काठमाडौं : नेपाल चिकित्सक संघले  डा. केसीको माग यथाशीघ्र पूरा गर्न सरकारलाई दबाबस्वरूप बुधबारदेखि अस्पतालमा कार्यरत चिकित्सकहरूले एक घण्टा धर्ना दिने बताएको छ।

    सघंले मंगलबार एक विज्ञप्ति निकाल्दै डा गोविन्द केसीको माग चाँडै सम्बोधन गर्नको लागि सरकारलाई दबाब दिन बिहान १० देखि ११ बजेसम्म आफू कार्यरत अस्पतालमै धर्ना गर्ने बताएको छ।

    सघंले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'देशभरका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आ-आफ्नो स्वास्थ्य संस्थामा अर्को निर्णय नहुँदासम्म प्रत्येक दिन दैनिक कार्य सुरु हुने समयबाट एक घण्टा कालोपट्टी बाँधी धर्ना, र्‍यालीलगायतका कार्यक्रम सञ्‍चालन गरिनेछ।'

    यसअघि डा केसीको सन्दर्भमा चारबुँदे विरोधका कार्यक्रम सार्वजनिक गरेको संघले डा केसीका जायज मागमा ऐक्यबद्धता जनाउँदै उनको जीवनरक्षाको माग गरेको थियो।

    यसअघि एनएमएले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी डा केसीको माग तत्काल सम्वोधन गर्न ७२ घण्टाको अल्टिमेटम दिएको थियो। सो अल्टिमेटम मंगलबारबाट सकिएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]