|

काठमाडौं : भूकम्प प्राधिकरणको नुवाकोट कार्यालयमा कार्यरत सबइन्जिनियर लोकेन्द्र थापालाई घुसको रकमसहित मंगलबार साँझ पक्राउ गरेको छ।

प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई नुवाकोटमा कार्यरत थापाले भूकम्पमा भत्किएको एउटा विद्यालयको निर्माण पूरा भएको पत्र दिन सेवाग्राहीसँग घुस रकम मागेका थिए।

आयोगका अनुसार नुवाकोटमा रहेका महेन्द्र प्राथमिक विद्यालयको भवनको निर्माण सम्पन्न पत्र दिन थापाले रकम मागेका हुन्। प्राधिकरणले ६७ लाख लागतमा निर्माण गरेको विद्यालयको भवनको ४४ लाख रुपैयाँको बिल पास भएको र बाँकी रहेको २२ लाख बराबरको निर्माण सम्पन्न पत्र उपलब्ध गराउन थापाले १० लाख रुपैयाँ घुस रकम मागेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.