|

विश्वकप २०१८ को पहिलो सेमिफाइनलमा बेल्जियम र फ्रान्स खेलिरहेका छन्। 

दुवै देशबीचको खेल पहिलो हाफसम्म बराबरीमा सकिएको छ। पहिलो हाफसम्म दुवै देशले केही उत्कृष्ट अवसर सिर्जना गरेका थिए तर गोल भने गर्न सकेनन् र गोरहरित बराबरीमा खेलको पहिलो हाफ सकियो। 

बल पोसेसनमा पहिलो हाफमा बेल्जियमले उछिनेको छ। बेल्जियमको बल पोसेसन ५८ प्रतिशत हुँदा फ्रान्सको भने ४२ प्रतिशत मात्रै छ। यता फ्रान्सले भने डिफेन्डिङमा जोड दिइरहेको छ। 

फ्रान्स प्रहारमा पनि अगाडि छ। हालसम्म ११ पटक प्रहार गरेको फ्रान्सले एक पनि गोल गर्न सकेको छैन। बेल्जिमयले भने तीनपटक मात्रै प्रहार गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.