|

एसियन देश चीन विश्वकपमा सहभागी छैन। विश्वकपअन्तर्गत एसियन छनोट चरणमा चीन फाइनल चरणबाट बाहिरिएको थियो। तर विश्वकपमा चीनको दबदबा कायम रहेको छ।

जारी विश्वकपमा चिन व्‍यापारिक रूपमा धेरै राष्ट्रलाइ पछि पार्दै निकै अगाडि पुगेको छ। उसले रसिया विश्वकपमा दर्जनौँ प्रायोजन गरेको छ। जारी विश्वकपमा धेरै प्रायोजकहरू छन्। जसमा चीन पनि एक प्रमुख प्रायोजकका रूपमा देखिएको फिफाले जनाएको छ। 

फिफाका अनुसार चीन विश्वकपकै तेस्रो ठूलो प्रायोजक राष्ट्रका रूपमा रहेको छ। रसिया विश्वकपमा चीनले ३५ प्रतिशत प्रायोजनको हिस्सा आफ्नो नाममा राखेको छ। चीनका १२ ठूला कम्पनीहरूले विश्वकपमा विज्ञापन गरिरहेका छन्। यसअघि विश्वकपमा जापान एसियाकै ठूलो विज्ञापनदाता थियो। अहिले चीनले जापानलाई पछि पारेको छ। त्यसो त विश्वकप विज्ञापनमा सर्वाधिक खर्च चीनमै गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.