|

डडेल्धुरा : जुम्लामा आमरण अनशनरत प्रा.डा.गोविन्द केसीको समर्थन गर्दै डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आकस्मिकबाहेक अन्य सेवाहरू एक घण्टा बन्द गरेका छन्। १२ दिनदेखि जुम्लामा अनशनरत डा. केसीको सर्मथनमा अस्पताल परिसरभित्रै सरकारको आलोचना गर्दै चिकित्सकहरूले डा. केसी अनशन र माथेमा आयोगको प्रतिवेदनका आधारमा आएको अध्यादेश सरकारले तुहाउन खोजेको, केसीको जीवनरक्षाप्रति बेवास्ता गरेको भन्दै एक घण्टा सेवा ठप्प पारेका हुन्। 

नेपाल चिकित्सक संघको देशभर ७७ ओटै जिल्लामा गरेको विरोध कार्यक्रमअनुसार नै बुधबार बिहान उपक्षेत्रीय अस्पतालमा चिकित्सकहरूले एक घण्टा काम छाडेर विरोध, धर्नालगायतका गतिविधि गरेका थिए।

विरोध गर्दै चिकित्सकहरूले समयमै सरकारले चिकित्सा विधेयक डा. केसी र माथेमा आयोगको सहमति बेगर ल्याएमा थप विरोध कार्यक्रम शसक्त गर्दै लैजाने बताए। सरकारले ल्याउन खोजेको चिकित्सा विधेयक सम्झौता विपरित मेडिकल माफियालाई पोस्ने खालको भएको भन्दै डा.केसी जुम्ला पुगेर १५औँ पटक अनशनरत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.