|

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पानस रेमिट प्रालिबीच युरोपलगायत अन्य मुलुकबाट नेपालमा बैंकिङ प्रणालिमार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको छ। यस सम्झौता बमोजिम अब पानस रेमिटमार्फत युरोप, अमेरिका, अस्ट्रेलिया र मध्यपूर्वी देशहरूबाट नेपालमा पठाएको विप्रेषण रकम नेपालमा रहेका आफन्तहरू तथा अन्य व्यक्तिहरूले सहज रूपमा सिटिजन्स बैंकको नेपाल भर रहेको ७४ वटा शाखाहरूबाट सहज रूपमा भुक्तानी पाउन सक्नेछन्।

उक्त सम्झौता पत्रमा बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले तथा पानस रेमिटका प्रमुख कार्यकारी अधिकृत धर्मराज पौडेलले हस्ताक्षर गरेका छन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.