|

काठमाडौं : उपत्यकाका विभिन्न ठाँउमा राति चोरी गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोट तादी गाउँपालिका-२ का दिपेश भन्ने बुद्धबहादुर तामाङ र सोही गाउँपालिका-६ का सुजन तामाङ रहेका छन्। दुवै जनालाई बुधबार महानगरीय अपराध महाशाखाको टोलीले बालाजुबाट पक्राउ गरेको हो।

उनीहरूले रातिको समय पारी विभिन्न सहकारी तथा वित्तीय सस्थाहरूको ताला फोडेर, सिसिटिभीसमेत फुटाएर नगद तथा धनमालसमेत चोरी गर्ने गरेको अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले बताए।

उनीहरूले असार ९ गते काठमाडौंको तार्केश्वर नगरपालिका-९ शुभकामना चोकस्थित कोपिला धमलाको घरबाट ११ लाखभन्दा बढीको धनमालसमेत चोरी गरेको प्रहरीले जनाएको छ। अपराध महाशाखाका अनुसार उनीहरूले उपत्यकाको पुरानो गुहेश्वरी, बलाजु, मनमैजु तथा ललितपुरको  हात्तीवनमा समेत चोरी गरेको खुलेकाले थप अनुसन्धान भइरहेको प्रवक्ता उप्रेतीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.