|

गोरखा : गोरखा जिल्ला कारागारमा बुधबार राती कैदीहरु आफसमा झगडा गर्दा तनाव भएको छ। कारागारभित्रै गुटबन्दी बनाउने विषयमा कुरा नमिल्दा कैदीहरुबिच झगडा भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी महेन्द्र नेपालले जानकारी दिए। 

झगडापछि तीन जना कैदीलाई कारागारबाट झिकेर जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतमा थुनेर राखिएको प्रहरीले जनाएको छ। बिनोद पाण्डे, दिपेश राई र प्रकाश लामालाई जिप्रका गोरखाको थुनुवाकक्षमा लगेर राखिएको छ। कारागार स्रोतका अनुसार सहनाइके जीतबहादुर भण्डारीलाई कुटेपछि झगडा भएको थियो। 

कारागार प्रशासनकाअनुसार किन झगडा भएको भनेर अध्ययन भइरहेको छ। ‘उनीहरु किन झगडा गरे भनेर बुझ्दै छौँ’ जेलर शसिधर सुवेदीले भने ‘अध्ययनले किन झगडा भएको रहेछ भनेर पत्ता लगाई हामी विभागमा जानकारी गराउँछौँ। विभागकै निर्देशन अनुसार उनीहरुलाई अड्डा सार गर्नुपरे सोही अनुसार गर्छाैँ।’ 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.