|

जनकपुरधाम : प्रदेश-२ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले मुलुक जलस्रोतमा धनी भएर पनि प्रारम्भिक चरणमै रहनु दुखद भएको बताएका छन्। कमला बेसिनको विकास रणनीति तर्जुमा तयार गर्नका लागि सरोकारवालाहरूको कार्यशालामा बोल्दै प्रदेश प्रमुख कायस्थले दशौं वर्षदेखि जलस्रोतको क्षेत्रमा काम गर्दासमेत प्रारम्भिक क्षेत्रमै रहनु दुखद् पक्ष रहेको बताएका हुन।

३७ वर्ष लामो जलश्रोतको क्षेत्रमा काम गरेका प्रदेश प्रमुख कायस्थले भने, ‘कमला वेसिन चुरे क्षेत्रअन्तर्गत पर्ने भएकोले यसको भूगोल, नदीको बहाब क्षेत्र, पानीको गतिलगायतको विषयमा गहिरो र गहन छलफल आवश्यक छ। अहिले एक महिनामा पर्ने पानी पहिले चार दिनमा पर्थ्यो, यो वातावरणीय ह्रास हो। अहिलेको अवस्थामा पानीको हाहाकार छ भने, आउने १० वर्षमा पानीको श्रोतलाई नजोगाए विकराल अवस्था आउँछ।’

नेपाल सरकार जल तथा ऊर्जा आयोग द कमन वेल्थ साईन्टिफिक इन्लष्ट्रियल रिसर्च अर्गनाईजेसन अष्ट्रेलियाबीच भएको एकीकृत बेसिन व्यवस्थापनसम्बन्धी सहकार्यअन्तर्गत कमला बेसिनको रणनीति विकासको योजना तर्जुमा जलस्रोत योजना तथा व्यवस्थापनलाई सुधार र सुरक्षित बनाइ बेशिनका प्रभावित मानिसको जीवन र जीविकोपार्जनमा सहयोग गर्ने उद्देश्यसहित कार्यशाला सुरु भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.