|

बारा : बाराको फेटा गाउँपालिकाका लेखापाल शौरभकुमार साह घुसको रकमसहित रंगेहात पक्राउ परेका छन्। लेखापाल साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडास्थित क्षेत्रीय कार्यालयको टोलीले ३० हजार नगद घुस लिइरहेको अवस्थामा बिहीबार पक्राउ गरिएको हो।

गाउँपालिकामा सञ्चालित एक जनचेतनामूलक कार्यक्रमको सेवा प्रदायक संस्थालाई भुक्तानी दिने क्रममा घुस लिँदै गरेको अवस्थामा कार्यालयको कार्यकक्षबाटै उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ। उनलाई थप अनुसन्धानका लागि बिहीबारनै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा पठाइने तयारी भएको प्रवक्ता रामेश्वर दंगालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.