|

कपिलवस्तु : छुट्टा–छुट्टै घटनामा कपिलवस्तुमा दुर्इजनाको मृत्यु भएको छ। चट्याङ लागेका एकजनाको ज्यान गएको छ भने अर्को एकजनाको खोलामा डुबेर मृत्यु भएको छ। जिल्लाको बुद्धभूमि नगरपालिका-८ परसुरामपुरमा चट्याङ लागेर ६४ वर्षीय सोमकली केवटको मृत्यु भएको छ। आगन बर्ढादै गरेको बेला चट्याङ लागेर उनको मुत्यु भएको  जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

त्यसैगरी पौडी खेल्ने क्रममा खोलाले बगाउँदा एक युवकको ज्यान गएको छ। ज्यान जानेमा मायादेवी गाउँपालिका –३, फुलिकाका १६ वर्षीय एजाज दर्जी रहेको प्रहरीले जनाएको छ। बुधबार दिउँसो स्थानीय मर्थी खोलामा पौडी खेल्ने क्रममा उनलाई खोलाले बगाएको थियो। बुधबारदेखि खोलाले बगाएर बेपत्ता भएका दर्जीको शव बिहीबार दिउँसो भेटिएको इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक सन्तोष पोखरेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.