|

लहान : सिरहाको धनगढीमाई नगरपालिका–११ छप्रारीस्थित सडकमा बिहीबार दुईवटा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। 

छप्रारीस्थित सडकमा स ४ प ४३७५ र ज ७ प १४१२ नम्बरको मोटरसाइकल  ठोक्किँदा स ४ प ४३७५ नम्बरको मोटरसाइकलमा सवार ३७ वर्षीया रामकुमारी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

उपचारका क्रममा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा दुवै मोटरसाइकलमा सवार तीनजना घाइते भएका  जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। 

यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–८ विसनपुर चोकमा ना ५ ख ४८१७ नम्बर को बसले बा ७० प ८०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक सप्तरीको शम्भुनाथ नगरपालिका–२ निवासी ३५ वर्षीय रुपेश चौधरीको मृत्यु भएको छ। 

दुर्घटनामा परी गम्भीर घाइते चौधरीको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.