|

बैतडी : वर्षातको समय सुरु भइसके पनि बैतडीका अधिकांश ठाउँमा खानेपानीको समस्या चुलिएको छ। मेलौली नगरपालिका, दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिकालगायत ठाउँमा खानेपानीको समस्या भएको हो।

मेलौली नगरपालिकाको १, ७ लगायतका ठाउँमा खानेपानीको मुहान नहुँदा समस्या भएको स्थानीय केशव सिंह भाटले बताए। खानेपानीकै लागि धारा तथा कुवामा दुई तीन घण्टासम्म लाइन बस्नुपर्ने अवस्था छ। ‘राति १० बजे सम्म समेत धारामै लाइन बसिरहनुपरेको छ’, उनले भने', 'खानेपानी नहुँदा पानी पिउन, खाना पकाउन, सरसफाइ गर्न तथा गाइबस्तुलाई खुवाउन निकै समस्या भैरहेको छ।' 

स्थानीय पदम ओझाले भरपर्दो योजना बनाएर पानीको व्यवस्था गरिदिन  नगरपालिकासँग माग गरेको बताए। मेलौलीका नगरप्रमुख कृष्णसिंह नायकले खानेपानीको समस्यालाई गम्भीर रुपमा लिएको बताए। विद्यालयमा लिफ्टको माध्यमबाट जडान गरिएको खानेपानी योजनालाई व्यवस्थित गर्ने र मेलौलीमा बोरिङको माध्यमबाट पानी ल्याउने प्रयास गर्ने बताए। 

वर्षौदेखिको खानेपानीको समस्या हट्यो

बैतडीको सुर्नया गाउँपालिका ८ का २ वटा वस्तीमा वर्षौँदेखीको खानेपानी अभावको समस्या हटेको छ। गाउँपालिकाको देरहाले र चिरकिट्टे वस्तीमा खानेपानी अभावको समस्या हटेको हो। पहिले घण्टौँ हिँडेर पानी बोक्नुपर्ने बाध्यतामा रहेका त्यहाँका बसिन्दाहरु अहिले घर घरमा धारा पुगेपछि द‌ग परेका छन्। १० घरधुरी रहेका सोही वस्तीमा गाउँपालिकाको सात लाख र जनश्रमदानको एक लाख ७५ हजारको सहयोगमा चिरकिट्टे देरहाल योजना सम्पन्न भएपछि खानेपानी समस्या हटेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.