|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गरेको बताएका छन्।

२०५औँ भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानले प्रज्ञाभवन कमलादीमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली साहित्य र समाजमा भानुभक्तको योगदान असाधारण र कालजयी रहेको धारणा राखे।

'भानुभक्तले साहित्यमार्फत समाज सुधारका लागि ठूलो योगदान गर्नुभएको छ', उनले भने, 'नेपाली साहित्यमा भानुभक्तीय भावना, शैली र प्रवृत्तिको आफ्नै महत्त्व छ।प्रधानमन्त्री ओलीले प्रज्ञा प्रतिष्ठानमा रहेको भानुभक्तको सालिकमा माल्यार्पण पनि गरे।

प्रतिष्ठानले कार्यालय भवन निर्माणका लागि जग्गा माग गरेकोमा प्रधानमन्त्री ओली सकारात्मक देखिए। 'तपाईँहरूका माग मन्त्रिपरिषदमा निर्णय गरेर सम्बोधन गर्छु।'


 

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.