|

ओखलढुंगा : ओखलढुगामा जारी भिजन आईडलमा उत्कृष्ट दश छनौट भएका छन्। अडिसनमा सहभागि २ सय ५२ जनाबाट छनौट भएका ९९ जना मध्येको प्रतिस्पर्धाबाट टप टेन अर्थात उत्कृष्ट दश छानिएका हुन्।

सञ्चारका क्षेत्रमा काम गर्दै आएको सामुदायीक संस्था भिजन नेपालको आयोजनामा सञ्चालन भईरहेको भिजन आईडलका विभिन्न राउण्ड पार गरेर उत्कृष्ट दश छानिएका हुन्। उत्कृष्ट दशमा पर्नेहरुमा खोटाङको दिप्रुङकी प्रवृती राई, मानेभञ्ज्याङ गाउँपालिकाका विशु राई, नरेन्द्र राई, जितेन्द्र दियाली र मनोज कुमार राई, चिशंखुगढीका प्रकाश वि.क, सुनकोशीका सरीता तामाङ र प्रशान्त तामाङ, उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका सुजन राई र सुनशेर चाम्लीङ छानिएका छन्। छानीएका टप टेनले साउन २ मा हुने फाईनलमा प्रतिस्पर्धा गर्नेछन्।

भिजन आईडलमा प्रथम हुनेले शिल्ड, मेडल र प्रमाण पत्रको साथमा नगद रु २५ हजार, द्वितिय हुनेले मायाको चिनो, मेडल र प्रमाण पत्रको साथमा नगद रु १५ हजार, तृतिय हुनेले मायाको चिनो, मेडल र प्रमाण पत्रको साथमा नगद रु १० हजार प्राप्त गर्ने छन्। 

उत्कृष्ट दश लाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने अडिसनमा सभागिहरु सबैले प्रमाणपत्र पाउनेछन्। उत्कृष्ट प्रतियोगिहरुलाई रेकर्डिङ स्टुडियोहरुमा समन्वय गरी गीत रेकर्डिङमा सहयोग गरिने भिजन नेपाल ओखलढुंगाले जनाएको छ। भिजनले वर्षमा १ पटक नृत्य र १ पटक गायन प्रतियोगिता आयोजना गर्दै आएको छ। भिजन नेपालको वार्षिक उत्सवका अवसरमा साउन २ मा एकल गायन र भिजन एफएमको वार्षीक उत्सवमा फागुन २ मा एकल नृत्य प्रतियोगिता हुँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.