|

चितवन : चितवनको ईच्छाकामना गाउँपालिका ६ स्थित चेपाङडाँडामा पहिरो खस्दा नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।

 शुक्रबार विहान ९ः३० बजे खसेको पहिरोका कारण सडक अबरुद्ध भएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले जानकारी दिए। उनका अनुसार अहिले स्काभेटरको सहयोगमा पहिरो पन्छाउने काम जारी छ। पहिरोका कारण चितवनबाट जाने र आउने सवारीहरु वीचमा नै रोकिएका छन्।

सडक बन्द भएकाले ओभरटेक नगरी सवारी लाइनमा मिलाएर राख्न  प्रहरीले चालकलाई अनुरोध गरेको छ। चितवनको नारायणगढ मुग्लिन सडकखण्डका विभिन्न स्थानमा असारमा महिनामा मात्रै दर्जनौ पटक पहिरो खसेर यात्रुलाई प्रभावित बनाईसकेको छ।  

नारायणगढ मुग्लिन सडक आयोजनाले सडक चौडापार्न भित्तो काटेको स्थानमा पहिरो खस्ने गरेको छ। पछिल्लो समयमा यहाँको भालुढुंगा, एक नम्बर पुल, भतेरी जंगल क्षेत्रमा सडक भासिने र केही फाट्टिने क्रम समेत देखिएको छ। सो क्षेत्रमा सडक सडक एकतर्फ बनाएर आवश्यक काम समेत भैरहेको आयोजनाका ईन्जियिनर शीव खनालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.