|

काठमाडौं : भारतीय अभिनेता सलमान खानलाई नेपाल ल्याउने भन्दै पाँच हजारभन्दा बढी टिकट बिक्री गरेर लाखौं ठगी गरेको अभियोगमा ओडिसी इन्टरटेनमेन्टका अध्यक्ष सिमान्त गुरुङ पक्राउ परेका छन् । 

सलमानलाई काठमाडौंको टुँडीखेलमा ल्याएर कार्यक्रम गर्ने भन्दै लाखौँ ठगी गरेका गुरुङलाई शुक्रबार लाजिम्पाटबाट नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका प्रबक्ता एपी नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए।

कालो हरिणको शिकार गरेको मुद्दामा जोधपुर अदालतले खानलाई पाँच वर्षको जेल सजाय सुनाएसँगै सलमानको नेपाल भ्रमण टरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.