|

गुल्मी : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकी देशहरूसँग चिस्सिएको सम्बन्धमा सुधार भएको बताएका छन्। गृहजिल्ला गुल्मीमा शुक्रबार छत्रकोट गाउँपालिका सुरु गरेको गाउँपालिकाभित्रमा स्थायी बसोवास गर्ने ४० वर्षभन्दा माथिका नागरिकलाई सम्पूर्ण शारीरिक जाँच कार्यक्रको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले छिमेकी देशहरू चीन र भारतसँग चिस्सिएको सम्बन्धमा सुधार आएको दाबी गरे।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीनमा गरेको उच्चस्तरीर भ्रमणले नेपाल र छिमेकी देशबीचको सम्बन्धमा सुधार आएको भन्दै भारतसँग भएका पुराना सम्झौताहरू अगाडि बढ्ने र चीनसँग कृषि र रेलमार्ग विस्तारको कार्य द्रूत गतिमा अगाडि बड्ने गरी सरकारले कार्य गरिरहेको मन्त्री ज्ञवालीको भनाइ छ।

नेपालको आन्तरिक मामिलामा कसैको हस्तक्षेप स्वीकार्य नहुने भन्दै मन्त्री ज्ञवालीले नेपालका आन्तरिक समस्याहरू समाधान गर्न नेपाल सक्षम रहेको बताए। उनले अन्य देशहरूले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दा सहने समयको अन्त्य भएको दाबी गरे।  

अर्को एक फरक प्रसङंगमा मन्त्री ज्ञवालीले पुरानो चलनचल्तीमा आइराखेको सत्ता र प्रतिपक्षको परम्परालाई अन्त्य गर्नु पर्ने बताएका छन्। 'पहिले सत्ता पक्षले गरेका राम्रा कार्यहरूलाई प्रतिपक्षले नराम्रा भन्दै चर्को आवाज उठाउने गरेको र प्रतिपक्षले उठाएका कुराहरूको सुनुवाई सत्ता पक्षले नगर्ने परम्पराको अब अन्त्य हुनुपर्छ' मन्त्री ज्ञवालीले भने।

बामपन्थीको सरकार आएपछि  जनताको अधिकार कटौती हुन्छ भन्नेहरु र नेपालमा अधिनायकबाद लादी बोल्न पनि पाईदैन भन्नेहरुको हल्लाको पछि नलाग्न आग्रह गरे। पछिल्लो समय चिकित्सा क्षेत्रमा देखिएको विकृति अन्त्य गर्न सरकार तयार रहेको भन्दै जनताको स्वास्थ्य क्षेत्रमा खेलवाड गर्ने अधिकार कसैलाई नभएको मन्त्री ज्ञवाली तर्क राखे। वर्तमान सरकारले जनताको स्वास्थ्यप्रति प्रतिवद्ध भर्इ प्रत्येक गाउँपालिकामा न्यूनतम १५ शैय्याको अस्पताल खोल्ने लक्ष्य लिएकाले अब डाक्टरहरूलाई गाउँमा गई काम गर्न प्रेरित गर्ने ज्ञवालीले बताए।  कार्यक्रममा प्रदेश-५ का सभासद दिनेश पन्थी र कमलराज श्रेष्ठको समेत उपस्थिती रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.